स्विजरल्यान्डबाट ८६ करोड १३ लाख अनुदान स्वीकार गर्ने सरकारको निर्णय

Share:

सरकारले स्विजरल्यान्डबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् ।

मनत्री कार्कीले भने, ‘मन्त्रिपरिषदको बैठकले स्विजरल्यान्डबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । जुन वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि खर्च हुनेछ ।’

त्यस्तै, विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्