भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाल जित नजिक पुगेकी छन् । सोमबार अपराह्न साढे ४ बजेसम्म एक लाख १३ हजार ८७७ मत गणना भएको छ । अब १३ हजार ६८९ मत गणना गर्न बाँकी छ । दाहालले १० हजार ९२६ मतको अग्रता लिएकी छन् ।
मुख्य निर्वाचिन अधिकृतको कार्यालयका अनुसार दाहालले ४५ हजार ९७३ मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले ३५ हजार ४७ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९६६ मत पाएका छन् । उनी कांग्रेसबाट बागी उम्मेदवारी दिएका थिए ।
उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । उनले ४६ हजार ९८८ मत पाएका छन् भने प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २७ हजार ५९५ मत पाएकी छन् ।
कमेन्ट गर्नुहोस्