
जसका कारण पाँचौ संस्करणका लागि मिति पर्खिरहेको इपिएलसँगै अन्य कुनै पनि फ्रेन्चाइजले मान्यता नपाउने भएका थिए ।
यसै सन्दर्भमा सोमबार आयाेजित पत्रकार सम्मेलनमार्फत नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिए इपीएल र यसका ६ फ्रेन्चाइज टिमले क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
‘क्यानले गरेको घोषणाबाट इपिएल र यससँग सम्बन्धित सबै सरोकारवाला पूर्ण रुपमा निराश र स्तब्ध छौं । इपिएलले क्यान निलम्बित हुँदा वा कोभिड-१९ का कारण सम्पूर्ण कार्य ठप्प हुँदाको कठिन समयमा पनि नेपाली क्रिकेटलाई सहयोग गरेको थियो,’ इपीएल आयाेजकले भनेकाे छ ।
‘तर, घरेलु लगानीमा सञ्चालित इपीएललाई क्यानले मान्यता नदिने निर्णयले नेपाली कर्पोरेट क्षेत्रलाई निकै गलत र गम्भीर सन्देश पुर्याएको छ । यदि क्यानले हालै जारी गरेको निर्णय कार्यान्वयन गर्ने हो भने इपीएल र यसका ६ टिमले आगामी दिनमा क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिस्कार गर्नेछ ।’