राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय तहको दुई प्रमुख पदमा यस पटक महिला कम आउने देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले अघिल्लो पटक ४८ प्रतिशत महिला अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखमध्येमा निर्वाचित भएको बताए ।
यस पटक भने कम आउने भन्दै अब कानुनी र नीतिगत रूपमा व्यवस्था गर्नुपर्नेमा जोड दिए । यसतर्फ सरकार र संवैधानिक निकाय निर्वाचन आयोगको ध्यान जानुपर्ने औँल्याए । यद्यपि, केही स्थानीय तहमा भने घेराबन्दी तोडेर पालिकाको दुईवटै प्रमुख पदमा जनताले निर्वाचित गरेको भन्दै खुसी प्रकट गरेका छन् ।
कमेन्ट गर्नुहोस्