काठमाडौं महानगरमा बालेनको फराकिलो अग्रता कायमै

Share:

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनको फराकिलो अग्रता कायमै छ ।  पछिल्लो मतपरिणाम अनुसार एक लाख ३५ हजार ६९३ मतगणना हुँदा बालेनले ४६ हजार ४७६ मत प्राप्त गरि पहिलो स्थानमा छन् ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २७ हजार ७९९ मत प्राप्त गरेकी छन् । उनी अहिले दोस्रो स्थानमा छन् । त्यस्तै नेकपा (एमाले)का केशव स्थापित २६ हजार ८६१ मत प्राप्त गर्द तेस्रो स्थानमा छन् ।
कमेन्ट गर्नुहोस्