नवनिर्वाचित मेयर हर्कराजले लिए शपथ

97
0
Share:

धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई साम्पाङले शपथ ग्रहण लिएका छन् । मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्लाका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् ।

ईनरुवामा सोमबार बिहान नवनिवार्चित मेयर साम्पाङलाई न्यायाधीश सुवेदीले शपथ ग्रहण गराएका हुन् । मेयर साम्पाङ शपथ ग्रहण समारोहमा दौरा सुरुवालमा पहिरनमा गएका थिए ।

मेयर साम्पाङले धरानमा उपमेयरसहित वडामा निवार्चित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउने छन्। धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।

साम्पाङ लौरो चिन्ह लिएर चुनावी मैदानमा सहभागी भएका थिए । २० हजार ८ सय २१ मत प्राप्त गरी विजयी भएका हुन् ।

कमेन्ट गर्नुहोस्