काठमाडौं अपडेट : १ लाख २८ हजार मतगणनामा बालेनको अग्रता अझै थपियो

80
0
Share:

स्थानीय निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना चलिरहेको छ । हालसम्म काठमाडौं महानगरपालिकामा  एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ । उनले ४३ हजार ८५० मत पाएका छन् ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छिन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।

अहिले वडा नम्बर-१२, १३, १४, २१, २२ र २३ मा मतगणना भइरहेको छ । काठमाडौं महानगरमा कुल एक लाख ९० हजार ९८४ मत खसेको छ ।

कमेन्ट गर्नुहोस्