काठमाडौं महानगरपालिका–११ मा पनि नेपाली कांग्रेसले जित हासिल गरेको छ । योसँगै नेपाली कांग्रेसले काठमाडौंमा १०औँ जित दर्ता गराएको छ ।
वडा नम्बर ११ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका हिरालाल तण्डुकार १५५५ मतका साथ विजयी भए भने एमालेका योगेन्द्रमान श्रेष्ठले ९४६ मत पाएर हारे ।
मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा बढी १०९६ मत पाएका छन् । यस वडामा कांग्रेसकी सिर्जना सिंहले ९८२ र एमालेका केशव स्थापितले ६४८ मत पाएका छन् ।
कमेन्ट गर्नुहोस्