आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाएको हो : गभर्नर अधिकारी

396
0
Share:

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाईएको बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

अहिलेको अवस्था निजी क्षेत्रको नाफा जोगाउनुभन्दा अर्थतन्त्र बचाउनुमा लाग्नुपर्ने उनले बताए । ‘अर्थतन्त्रको अवस्था जोगाउनुपर्ने छ । अहिले निजी क्षेत्रले बढी नाफामा जोड दिनु हुँदैन। पहिले अर्थतन्त्र जोगाउनुपर्छ’, उनले भने ।

‘निक्षेप बढोस् भनेर ब्याजदर बढाएको होइन । आयातित वस्तुको उपभोग घटोस् भनेर ब्याजदर बढाएको हो ।’ जुन वस्तु हामीले एक वर्षमा आयात गर्थ्यौँ अहिले १० महिनामा नै त्यति आयात भइरहेको छ । उनले  भने, वर्षेनी आयात बढ्दै जानु चिन्ताको विषय भएको समेत उनले बताए ।

उपभोग अत्यधिक बढ्दा मुद्रास्फीति पनि ह्वात्तै बढेको उनले बताए । अधिकारीले आयातमा आधारित अर्थतन्त्र भइरहेकोले यसले मूल्यवृद्धि बढाउन सहयोग गरेको र उपभोग अत्यधिक बढ्दा मुद्रास्फीति बढेको उनले बताए ।

 

कमेन्ट गर्नुहोस्