नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शब्द वाणले घोचेको घाउमा ‘फर्गेट स्टडे’ लागू नहुने बताएका छन् । राजधानीमा आयोजीत मीना श्रेष्ठको कविताकृति ‘फर्गेट स्टडे’ लोकार्पण समारोहमा अध्यक्ष ओलीले भालाले भन्दा साह्रो शब्दले घोच्ने भन्दै शब्द वाणले घोचेको घाउमा फर्गेट स्टडे लागू नहुने बताएका हुन् ।
उनले भने, ‘शब्द आफैंमा तागत हुँदैन । प्रस्तुती कस्तो हुन्छ त्यसको प्रयोग कस्तो हून्छ शब्द वाण पनि हुन्छ, शब्द मलम पनि हुन्छ। शब्द वाण मात्रै होइन अग्नि वाणपनि हून्छ। भालाले भन्दा साह्रो शब्दले घोच्छ। भाला तिखो छ भने उपचार गर्दा निको होला शब्द वाणले घोंचेको कहिलै नीको हुँदैन। अरु कुराका लागि लागू होला शब्द वाणले घोचेको घाउमा फर्गेट स्टडे लागू हुँदैन। शब्द मन्त्र हो। शब्द ज्ञान हो। शब्द संकेत हो। शब्द इशारा हो। शब्द विग्रह, घिर्ना हो ।
ओलीले भने, ‘हामीले हाम्रो समाजलाई चिन्नुपर्छ। हाम्रा पूर्वजलाई चिन्नुपर्दछ। हाम्रा पुर्खाहरुलाई चिन्नुपर्छ। उनीहरुले हामी प्रति लगाएको गुण चिन्नुपर्छ ।
ओलीले मान्छे २० वर्ष पढेर पनि विद्धान कोहि नहुने बताए। उनले भने, ‘जेनेटीक मेमोरीको ९९ प्रतिशत योगदान छ। २० वर्ष, २५ वर्ष पढेको चाहिँ एक प्रतिशतको भाग होला। २० \ २५ वर्ष कसैलाई पढाउँदैमा कोही विद्धान हुँदैन । न बाख्रा पाठालाई पढाएर विद्वान हुन्छ न भैंसीको पाडोलाई पढाएर विद्वान हुन्छ। न गाइको बाच्छो पढाएर विद्वान हुन्छ। हामी मानव जातीसंग जेनेटीक कन्ट्रीव्यूसन छ । जेनेटीक पोटेन्सीयलका कारण विकास गर्न सकिन्छ। त्यो पोटेन्सीयललाई हामीले उजागर गर्न सक्नुपर्छ ।