सप्तरीमा सर्वदलीय पालिका सरकार,पाँच स्थानमा कांग्रेस विजयी

Share:
सप्तरीका १८ वटा स्थानीय तह छन् । जसमध्ये ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् ।

२०७९ साल वैशाख ३० गते भएको स्थानीय तहकोको चुनावमा सप्तरीका जनताले सर्वदलीय पालिका सरकार बनाएका छन् । राष्ट्रिय मान्यता पाएका दल सहित भर्खरै पार्टी खोलेका  जनमतलाई पनि समावेश गराएका छन् ।

सप्तरीको सप्तकोसी नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, तिरहुत गाउँपालिका, तलाठी कोइलाडी गाउँपालिकामा गरी पाँच स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएका छन् ।

राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिका, बोदेबरसाइन नगरपालिका गरी तीन स्थानीय तहमा जनता समाजवादी पार्टी विजयी भएका छन् ।

रूपनी गाउँपालिका,महादेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिका गरी तीन स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी विजय भएका छन् ।

डाक्नेश्वरी गाउँपालिका,अग्निसाइर कृष्णासवरण गाउँपालिका, राजगढ गाउँपालिका गरी तीन स्थानीय तहमा नेकपा एमाले विजयी भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका,बलानबिहुल गाउँपालिका गरी दुई पालिकामा जनमत पार्टी विजयी भएका छन् ।

त्यसै गरी खड्क नगरपालिकामा माओवादी केन्द्र,शम्भुनाथमा नगरपालिकामा नेपा कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विजय भएको छ ।

कमेन्ट गर्नुहोस्