काठमाडौं अपडेट : बालेनको मत ४१ हजार नजिक

Share:

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ४१ हजार नजिक पुगेको छ । आइतबार दिउँसो ३ बजेनम्मको गणनामा बालेनले ४० हजार ९२७ मत प्राप्त गरेका छन् ।

उनलाई पच्छ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ५४८ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका केशव स्थापितले २२ हजार ६९६ मत पाएका छन् । बालेनले सिर्जनासँग १७ हजार ३७९ मत र स्थापितसँग १८ हजार २३१ को अग्रता लिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्