सरकारले ल्याउन लागको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तरुढ गठबन्धनमा रहेका दलहरुबीच छलफल सुरु भएको छ । प्रधामन्त्रीको निजि सचिवालयले दिएको जानकारी अनुसार बालुवाटारमा बैठक जारी छ ।
बैठकमा आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमबारे छलफल भइरहेको छ । नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम संसदका दुबै सदनमा पेस गर्ने तयारी छ । बजेटबारे गठबन्धनमा रहेका दलहरुले साझा धारणा बनाइरहेको बताइएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक सहभागि भएका छन् । संसदमा बजेटमा सिदान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ भने सरकारले यही १० गते संस्दमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
कमेन्ट गर्नुहोस्