काठमाडौं महानगरपालिका अपडेट : अब ७७ हजार ८५९ मत गन्न बाँकी

82
0
Share:

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को मत ४० हजार नाघेको छ ।आइतबार मध्याह्नसम्म एक लाख १३ हजार ३२७ मतगणना भएको छ । अब ७७ हजार ८५९ मत गन्न बाँकी छ ।

अहिलेसम्मको गणनामा स्वतन्त्र उम्मेदवार साहले ४० हजार २१२ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिंहले २२ हजार ८६४ मत पाएकी छन् ।

नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन् । उनले २२ हजार ३८७ मत पाएका छन् । काठमाडौंका ३२ वडामध्ये १४ वडाको मतगणना सकिएको छ ।

कमेन्ट गर्नुहोस्