पाँच दलीय सत्ता गठबन्धनका शीर्षनेताहरु बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बसिरहेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी छन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भइरहेको छ । अहिले भइरहेको बैठकले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग परामर्श गरी सरकारको नीति तथा कार्यक्रमको टुंगो लगाउनेछ।
सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदै छ। त्यसका लागि संसदमा पूर्वबजेट छलफल अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल भइसकेको छ।
कमेन्ट गर्नुहोस्







