गठबन्धन बारे प्रचण्डको नयाँ घोषणा

Share:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको निर्वाचनमा प्राप्त नतिजाले कांंग्रेस माओवादी सहितको गठबन्धन सफल भएको दाबी गरेका छन् ।

अहिले गठबन्धनका उमेदवारहरुले देशव्यापी रुपमा पाएको विजयलाई देशको विकासका लागि संकल्प गर्नु पर्ने भन्दै प्रचण्डले आगामी प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धन कायम गरेरनै जाने घोषणा गरेका छन् ।

प्रचण्डले निर्वाचन जित्न मात्रै होइन त्यसपछि देशको विकास र समृद्धीका लागि पनि गठबन्धन आवश्यक रहेको दाबी पनि गरेका छन् । गठबन्धनमा आवद्ध दलहरु सबैले संकल्प गरेर विकास र समृद्धीको मुद्धामा एक भएर जाने प्रतिवद्धता पनि उनले व्यक्त गरेक छन् । प्रदेश र संघको निर्वाचनमा गठबन्धन गरेर जाने बिषयमा गठबन्धनमा आवद्ध दलहरु एकढिक्का रहेको दाबी पनि उनले गरेका छन् ।

प्रचण्डले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको बताएका छन् । मध्यपुर थिमी नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेद्वारलाई शनिवार बिहान निवास खुमलटारमा बधाई दिँदै यस्तो बताएका हुन् । उनले भनेका छन् “निर्वाचन अघि पनि जितेर आउने प्रतिवद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकोमा तपाईहरु सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।”

प्रचण्डले विजयी जनप्रतिनिधिहरुलाई अब राम्रो काम गर्ने चुनौति रहेको पनि बताएका छन् । उनले मध्यपुर थिमीमा गठबन्धनको मर्मलाई पक्डिन सफल भएको देखिएको भन्दै भनेका छन्, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा शुरु गर्न खोजेको हो । मूलभूत रुपमा गठबन्धन सफल भएको हो ।

हामी यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प हो । यसमा हामी गठबन्धनका दलहरु दृढ छौं ।”प्रचण्डले भनेका छन् ।

कमेन्ट गर्नुहोस्