नेकपा माओवादी केन्द्रले ११९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मत गणना सम्पन्न भएका पालिकामध्ये ११९ पालिकामा माओवादीले जित निकालेको हो ।
मत गणना सम्पन्न भएका पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेपछि सबैभन्दा बढीमा माओवादीका उम्मेदवारले जितेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सम्पन्न भएका स्थानमा कांग्रेसले ३११ र एमालेले १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।
हाल मत गणना भइरहेका पालिकामध्ये दुई वटामा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । आयोगले गत वैशाख ३० गते देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो ।
कमेन्ट गर्नुहोस्