सुनको मूल्य ७०० ले बढ्यो, चाँदी स्थिर

131
0
Share:

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

गत शुक्रबारको तुलनामा आज आइतबार सुको मुल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्