नेपाल आयल निगमले इन्धन खरिद गरे बापत इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट भुक्तानी गर्न सकेको छैन ।
निगमले आईओसीलाई बुझाउनु पर्ने करिब २२ अर्ब रुपैयाँ भुक्तानी गर्न सकेको छैन । आईओसीलाई तिनुपर्ने मध्ये २२ अर्ब रुपैयाँ बुझाउन नसकेको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए । ‘निगमले तेल खरिद गरे बापतको रकम भुक्तानी गर्न सकेका छैनौं,’ थानीले भने, ‘आपूर्ति व्यवस्था मिलाउन कठिनाई हुने देखिएको छ ।’
निगमले तेल खरिद गरे बापतको रकम तिर्न नसके पछि इन्धन आपूर्तिमा कटौती गर्न सक्ने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर निगम घाटामा गए पछि इन्धन खरिद गरे बापतको रकम भुक्तानी गर्न नसकेको हो । आइओसीबाट प्राप्त पछिल्लो मूल्य विवरण अनुसार निगमलाई यो १५ दिनमा करिव चार अर्ब ४८ करोड रुपैयाँ घाटा रहेको छ ।
पेट्रोलमा प्रति लिटर २२ रुपैयाँ ९४ पैसा, डिजेलमा ३५ रुपैयाँ ३३ पैसा, खाना पकाउने ग्यासमा प्रति सिलिन्डर १ हजार ५० रुपैयाँ घाटा खाएर बेचिरहेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।
निगमले यसै साता पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँ बढाएको भए पनि आइओसीबाट फेरी मूल्य बढेर आए पछि निगम संकटमा परेको हो । गत शनिबारदेखि पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ । नागरिकबाट