किशोरी बलात्कारका आरोपी कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ

136
0
Share:

किशोरी बलात्कारको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो। उनीमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरी बलात्कार गरेको आरोप लागेको छ।

ती युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्।

यो बिषय संसदमा समेत उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिए ।

त्यसपछि प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरि उक्त समितिले अनुसन्धान अघि बढाएको थियो । पाण्डेलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्