धरानमा १० हजार मत गन्न बाँकी, स्वतन्त्र उमेदवार साम्पाङकाे अग्रता कायमै

531
0
Share:

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले १६,०२६ मत प्राप्त गरेका छन् । पचास हजार बढी  मत गणना गर्दा उनले गठबन्धनका उमेदवार किशोर राईभन्दा २,८४४ मतको अग्रता कायम गरेका छन् ।

गठबन्धनका राईले १३१८२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)की मञ्जु भण्डारीले १०,६२२ मत प्राप्त गरेकी छन् ।

अब १० हजार बढी मत गणना हुन बाँकी छ ।  धरानमा उपप्रमुखतर्फ गठबन्धनका अइन्द्रबिक्रम बेघाले १६,०७९ मत प्राप्त गरेका छन् । एमालेका पदम इस्वोले १४४३१ मत प्राप्त गरेका छन् । धरानको परिणाम आज रातिसम्ममा आइसक्ने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्