ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनको अग्रता कायम छ । पछिल्लो मत परिणाम अनुसार महर्जनले २७२४२ मत ल्याउँदै अग्रता कायम गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यन्जनकार १५९८३ मत ल्याउँदै दोस्रो स्थानमा छन् । यस्तै राप्रपाबाट मेयरका उम्मेदवार बनेका अष्टबहादुर महर्जन भने २६१० मतसहित तेस्रो स्थानमा छन् ।
उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले भने १०८३४ मत ल्याएका छन् । ललितपुर महानगरपालिकामा कुल जनसंख्या २,९९,८४३ रहेको छ भने कुल मतदाता संख्या १,२२,८९० रहेको छ । जसमा ५९,४५३ पुरुष र ६३,४३७ महिला रहेका छन् ।
यस महानगरपालिकामा २९ वडा छन् । जारी मतगणना अनुसार निवर्तमान मेयरसमेत रहेका महर्जनले एमालेका मेयरका उम्मेदवार व्यन्जनकारलाई ११ हजारभन्दा बढी मतान्तरले पछि पारेका छन् ।
कमेन्ट गर्नुहोस्