पोखरामा ८६ हजार मत गणना सकिँदा गठबन्धन अघि-अघि, एमाले पछि-पछि

78
0
Share:

कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनको अग्रता कायमै छ । ८६ हजार २५७ मत गणना सकिँदा प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यले ३४ हजार ८१९ मतका साथ अग्रता बनाएका छन् । नेकपा एमालेका उमेदवार कृष्ण थापाले ३१ हजार ३७४ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले तीन हजार ८८१ मत प्राप्त गरेका छन् । लौरो चुनाव चिह्नबाट स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) दुई हजार ३५० मतसहित चौथो स्थानमा छन् ।

पप्रमुखमा भने नेकपा एमालेकी उमेदवार मञ्जु गुरुङको अग्रता छ । उनले ३५ हजार ७९९ मत पाएकी छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उमेदवार कोपिला रानाभाटले ३५ हजार २८९ मत ल्याएकी छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की उमेदवार रन्जना सेनले तीन हजार ७७७ मत पाएकी छन् ।
कमेन्ट गर्नुहोस्