काठमाडौँ महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले २१ हजारभन्दा बढीको अग्रता बनाएकी छन् । शनिबार दिउँसो २ बजेको आधिकारिक मत गणना अपडेटअनुसार उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा २१ हजार बढीको मतान्तर बनाएकी हुन् ।
सुनिताले ३२ हजार ६१५ मत पाएकी छन् भने गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार २७३ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर २१ हजार ३४२ मत रहेको छ । यस्तै राप्रपाका उपमेयरका उम्मेदवारले पनि एक्लै ५ हजार ८२० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्