नरोकिएको बालेनको लौरो, नाघ्यो ३४ हजार मत

97
0
Share:

काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ३४ हजार मत कटाएका छन् । शनिबार दिउँसो १ बजेसम्ममा उनले ३४ हजार १३० मत पाएका हुन् । ९३ हजार ६४७ मत गन्दा शाहले सो मत पाए । उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १८ हजार ५४७ मत पाए। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १८ हजार ४२९ मत पाए । शाह र स्थापितबीच मतान्तर १५ हजार ५८३ छ। यता शाह र सिंहबीच भने १५ हजार ७०१ मतान्तर छ।

राष्ट्रिय सभा गृहमा वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना भइरहेको छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को मतगणना सकिएको छ ।

कमेन्ट गर्नुहोस्