सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक(एकजना नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्त लामा र सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो ।
गृहसचिवको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले बैशाख २१ मा सशस्त्रका पौडेल र बैशाख २३ गते नेपाल प्रहरीका लामालाई एआईजीमा सिफारिस गरेको थियो ।
बढुवा भएका लामाले उमेर हदका कारण केही दिनमा नै अवकाश पाउने छन् । सशस्त्रका पौडेलले भने हालका महानिरिक्षक राजु अर्यालपछि सशस्त्र प्रहरीको नेतृत्व गर्ने एकल दाबेदार बनेका छन् । सशस्त्रमा दुई एआईजी पद रहेकोमा सरकारले पौडेलको मात्रै एकल बढूवा गरेको हो ।
यसैबीच नेपाल प्रहरीको एआईजीमा बढुवा भएका लामालाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले शुक्रबार नै दर्ज्यानी चिन्ह लगाइदिएका छन् । उनी जेठ ८ बाट अवाकाश पाउँदै छन् ।