नेप्से दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज १५.८२ अंकले घटेर दुई हजार २ सय ३५ दशमलव ९ विन्दुमा बन्द भएको छ ।
बिहिबार नेप्से २३.५१ अंकले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि उच्च गिरावट आएको छ । आज ९२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार एक अर्ब ३० करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेलीको भएको छ । यस कम्पनीको आज ३ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।
कमेन्ट गर्नुहोस्