माईती नेपालमा एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम संचालन

125
0
Share:

एनएमबी बैंकले माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कार्यक्रममार्फत संस्थामा आश्रित महिलाहरुलाई बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरेको छ ।

बैंकको लघुवित्त बिभाग द्वारा आयोजित उक्त कार्यक्रममा कार्यक्रममा छघ जना महिलाहरुको सहभागिता रहेको थियो । गतवर्ष महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी बैक रहेको बैंकले नारी सशक्तिकरणको लागि विभिन्न समयमा विभिन्न महिला समूहरुलाई वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

कार्यक्रममा माईती नेपालको तर्फबाट सस्थापक अनुराधा कोईराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोईरालाको उपस्थिति रहेको थियो भने एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा। बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थिको उपस्थिती रहेको थियो ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्