
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्कासँग जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् । सोमवार शीतल निवास बोलाएर मन्त्री खड्कासँग यस्तो जानकारी लिएका हुन् ।
पौडेलले १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निमार्ण कार्यको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराएको स्वकीय सचिवालयले जनाएको छ ।
यस्तै, उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेगावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिए । राष्ट्रपति पौडेलले जलविद्युत् परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राखेको स्वकीय सचिवालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्








