बाल मन्दिर प्रकरण: रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

Share:

काठमाडौं । नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

कार्यालयले उपप्रधान तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै पुरुषाेत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई पनि प्रतिवादी बनाइएको छ ।

कमेन्ट गर्नुहोस्