काठमाडाैं । उच्च अदालत पाटनले त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे । अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बिहीबार बोलाइएको छ ।
त्यतिञ्जेलका लागि चैत ३ गते प्रकाशन गरेको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अदालते आदेश दिएको हो । त्रिविमा शुक्रबार स्ववियुको निर्वाचन हुने तालिका थियो । यस विषयमा आदेश किन जारी हुनु नपर्ने हो भन्ने विषयमा आधार कारण र प्रमाण भएमा १५ दिनभित्र लिखित जबाफ पेस गर्न पनि इजलासले भनेको छ ।
कमेन्ट गर्नुहोस्







