शिक्षक सेवा आयोगको सदस्यमा दुई जना नियुक्त

Share:

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको सदस्य पदमा दुई जनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चैत्र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरूमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस्