
काठमान्डौ/समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौँमा भव्य कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिए ।
त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि उनले जानकारी दिए ।
समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए ।
कमेन्ट गर्नुहोस्