रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा

39
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा तोकिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको कसुरमा उनीमाथि काठमाडौं अदालतमा बयान हुने भएको हो ।

 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका लामिछाने आज बिहान काठमाडौं अदालतमा आफैँ उपस्थित भएका थिए । स्वर्णलक्ष्मी सहकरीको रकम अपचन अभियोगमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा यही पुस २१ गते मुद्दा दायर भएको थियो।

कमेन्ट गर्नुहोस्