ऋषिकेश पोखरेल पत्नी अञ्जलालाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

Share:

काठमान्डौ/ जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई बुधवार धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

 

मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।

 

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । कोइराला पेशाले शिक्षक समेत हुन् ।

कमेन्ट गर्नुहोस्