पाँच महिनामा डेढ अर्बको छुर्पी निर्यात

165
0
Share:

काठमान्डौ/पाँच महिनामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको छुर्पी निर्यात भएको छ । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा झन्डै डेढ अर्बको छुर्पी निर्यात भएको हो। साउनदेखि मङ्सिरसम्म एक अर्ब ४५ करोड ११ लाख रुपियाँ बराबरको सात लाख ७३ हजार केजी छुर्पी निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । निर्यात हुने छुर्पी सबैभन्दा धेरै अमेरिकामा जाने गर्छ ।

 

आव २०८०/८१ मा तीन अर्ब १८ करोड ४३ लाख रुपियाँको १६ लाख ४६ हजार ८८७ किलो छुर्पी निर्यात भएको विभागको तथ्याङ्क छ । २०७९/८० मा तीन अर्ब ४० करोड ९० लाख रुपियाँको १७ लाख ८६ हजार ११२ किलो निर्यात भएको छ । सो अवधिमा अमेरिकामा दुई अर्ब ९६ करोड ७६ लाख रुपियाँको १५ लाख २६ हजार ४४३ किलो निर्यात भएको छ । क्यानडामा २९ करोड ४२ लाख रुपियाँको एक लाख ४४ हजार ५३२ किलो छुर्पी निर्यात भएको छ ।

 

विभागका अनुसार आव २०७८/७९ मा दुई अर्ब ९१ करोड १९ लाख रुपियाँ बराबरको १७ लाख ४४ हजार ४५१ किलो निर्यात भएको छ । सो अवधिमा अमेरिकामा मात्रै दुई अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपियाँको १३ लाख ५८ हजार ६०५ किलो निर्यात भएको छ । दोस्रोमा क्यानडामा ३१ करोड ३५ लाख ५२ हजार रुपियाँको एक लाख ५० हजार १७ किलो निर्यात भएको छ ।

कमेन्ट गर्नुहोस्