सिन्धु विकास बैंकमा सीईओ आवश्यकता, कति चाहिन्छ योग्यता ?

210
0
Share:

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदका लागि कर्मचारि मागेको छ । बैंकले रिक्त रहेको सीईओ खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने जनाउँदै विज्ञापन आह्वान गरेको हो ।

सो पदमा आवेदन दिँदा उम्मेदवारको पूर्ण व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र, लब्धांकपत्रका प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदन समेत समावेश गर्नुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेद दिनु पर्नेछ ।

वाणिज्य बैंकको सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ३ बर्ष काम वा राष्ट्रियस्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ५ वर्ष वा जिल्ला तथा प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ७ वर्ष काम गरेको हुनुपर्ने छ ।

कमेन्ट गर्नुहोस्