
काठमाडौं । पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आइपीओ प्रस्तावसहित साधारण सभा बोलाएको छ । भदौ १७ गते बसेको सञ्चालक समितिको बैंठकले कम्पनीको दोस्रो वार्षिक साधारणसभा असोज ९ गते बुधबार एअरपोर्ट होटल सिनामंगलमा बिहान १० बजे बोलाएको हो ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, गत वर्षको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पनि सभामा पेश हुनेछ ।
साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
कमेन्ट गर्नुहोस्








