
काठमाडाैं । नेपाल राष्ट्रबैंकले यो वर्षको बडादशैंमा नयाँ नोट नछाप्ने निर्णय गरेको छ । यो वर्षको दशैं,तिहार तथा छठपर्वका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट माैज्दातमा रहेका नाेटमात्र वितरण गर्नेछ ।
बैंकले यस बर्ष वर्ष नयाँ नोट नछाप्ने तर मौज्दातमा रहेका सुकिला नोट मात्रै साट्ने जनाएको छ ।
राष्ट्र बैंकका उपप्रवक्ता तथा सूचना अधिकारी डा डिल्लीराम पोखरेलले दशैं तिहार लक्षित नयाँ नोट नछाप्ने भन्दै खर्च व्यवस्थापन गर्नका लागि सुकिला नोट मात्र वितरण गरिने बताएका छन् ।
केन्द्रीय बैंकले नोट व्यवस्थापन, छपाईका साथै ओसारपसारलगायतका शीर्षकमा वर्षेनी १ अर्ब रुपैयाँ बढीको आर्थिक खर्च र ठूलो मात्रामा जनशक्तिको आवश्यकता पर्न थालेपछि खर्च कटौती गर्ने योजना बनाएको हो । तर मौजदात रहेका यसअघिकै पर्याप्त मात्रामा रहेका सुकिला नोटको परिचालन गर्ने उदेश्य रहेको केन्द्रीय बैंकले बताएको छ ।








