
काठमाडौं । कुमारी इक्विटी र कुमारी धनवृद्धि योजनाको नगद लाभांश सुरक्षित गर्ने आज भदौ १८ गते अन्तिम दिन रहेको छ ।
यी दुई फन्डहरूले लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म कायम इकाईधनीहरूले मात्र पारित लाभांश पाउनेछन् । यी फन्डहरूको योजना व्यवस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
कुमारी इक्विटी र कुमारी धनवृद्धि दुवै फन्डले आर्थिक वर्ष २०८०–८१ बाट ९.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव राखेका छन् ।
कमेन्ट गर्नुहोस्








