
काठमाडौँ । सरकारले एनसेल मोबाइल लाइसेन्सको नवीकरणको शुल्क चार किस्तामा बुझाउने शर्तमा नवीकरण गर्न दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेललाई नवीकरण शुल्क वापतको २० अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको हो ।
बैठकले एनसेलको नवीरकणबापतको दस्तुर २० अर्बको ब्याजसहित ४ किस्तामा बुझाउने शर्तमा एनसेलको मोबाइल लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको हो।
यससँगै अब एनसेलले पहिलो किस्ता बुझाएपछि मोबाइल नवीकरण हुनेछ भने एनसलले २० अर्ब दस्तुरको ब्याजसहित ४ किस्तामा रकम बुझाउनु पर्ने छ ।
कमेन्ट गर्नुहोस्








