३६.८३ अंकले घट्याे सेयर बजार, १२ अर्ब २४ करोड बराबरको कारोबार

118
0
Share:

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा झरेको हो।

आज १८८ कम्पनीको सेयरमूल्य घटेकाे छ भने ५३ वटाको मात्रै  बढेकाे छ। आज २ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज दिनभरिमा ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ३६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रसुवागढी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कमपनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

गुडविल फाइनान्स ३७ करोड ६५ लाख रुपैयाँ,अपी पावर ३६ करोड ६४ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ३५ करोड ५६ लाख रुपैयाँ,नेपाल फाइनान्स ३४ करोड ३ लाख रुपैयाँ,राधी विद्युत ३१ करोड ९४ लाख रुपैयाँ
ङादी ग्रुप पावर २५ करोड २० लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावर २२ करोड ८० लाख रुपैयाँ,शिवम सिमेन्ट २२ करोड ७८ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर २२ करोड १८ लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावर १८ करोड ८८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

कमेन्ट गर्नुहोस्