सामान्य अंकले बढेको सेयर बजारमा १३ अर्ब ७२ करोड माथिको कारोबार

165
0
Share:

काठमाडौं । आज सेयर बजार सामान्य बढेर छ ।  नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० को विन्दुमा बन्द भएको छ।

आज दिनभरिमा ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनिकाे ४३ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ८८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

कमेन्ट गर्नुहोस्