साउनमा ४ अर्ब १९ करोडको विद्युत् निर्यात

168
0
Share:

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ४अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी ४ अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

साउनमा दैनिक १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको प्राधिकरणले जनाएकाे छ ।

 

कमेन्ट गर्नुहोस्