आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त

225
0
Share:

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको कामु सिइओमा दिनेश अमात्य नियुक्त भएका छन् ।

कम्पनीका सिईओ कवि फुयाँलले पदवाट राजीनामा दिएसँगै नायब कार्यकारी निर्देशक दिनेश अमात्यलाई नियुक्त गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सिईओको जिम्मेवारी तोकेको हो ।

अमात्य यसअघि बरिष्ठ डेपुटी सिईओका रुपमा कम्पनीमा कार्यरत रहेका थिए । अमात्यको जीवन बीमा क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव रहेको छ।

 

कमेन्ट गर्नुहोस्