कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधीरनाथ पाण्डे नियुक्त

188
0
Share:

काठमाडौँ । कुमारी बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । कुमारी बैंकको सञ्चालक समितिको बैठकले उनलाई डीसीइओमा नियुक्त गरेको हो ।

बैंकका नायव प्रमुख कार्यकारी  रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृतमा नियुक्त  भएसँगै खाली रहेको उक्त पदमा पाण्डेलाई नियुक्त गरिएको हो ।

पाण्डेलाई  बुधबारदेखि लागू हुनेगरी डीसीईओ नियुक्त गरिएको हो । पाण्डे ६ महिनाअघि एनआईसी एसिया बैंकको डीसीईओबाट राजिनामा दिएका थिए । पाण्डेसँग साढे तीन दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ ।

कमेन्ट गर्नुहोस्