सामान्य अंकले बढ्यो नेप्से, ७ कम्पनीको सेयरमा सर्किट

180
0
Share:

काठमाडौं । आज सेयर बजार सामान्य बढेर छ । आज सेयर बजार ६.०१ अंकले बढेर २९७४.४६ को विन्दुमा बन्द भएको छ।

आज ३३३ कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको सेयर मूल्य घटेको छ । १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ ।

आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको १ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको ४७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४४ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, नारायणी डेभलपमेन्ट बेंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यस बैंकका डिबेञ्चर इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

शाइन रेसुंगा डेभलपमेन्ट बैंक १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावरः ४७ करोड ४७ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ४४ करोड ८० लाख रुपैयाँ,ज्योति विकास बैंक ३७ करोड ४४ लाख रुपैयाँ,अपी पावर ३३ करोड १० लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर ३२ करोड ८० लाख रुपैयाँ,शिवम सिमेन्ट ३१ करोड ९८ लाख रुपैयाँ,ङादी ग्रुप पावर ३० करोड ४३ लाख रुपैयाँ,निफ्रा २८ करोड ६४ लाख रुपैयाँ,अरुण काबेली पावर २८ करोड ३१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

कमेन्ट गर्नुहोस्