१ करोडसम्म ऋण दिने गरि राष्ट्रिय वाणिज्य बैंककाे चाडपर्व लक्षित सवारी कर्जा सार्वजनिक

Share:

काठमाडौं । देशकै अग्रणी राष्ट्रिय वाणिज्य बैंकले सर्वासाधारंणकोलागी किन्नका लागि १ करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, तिहार र छठलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो ।

बैंकले जनाए अनुसार उक्त योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने छ भने जसमा नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेछ । नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएकाे छ ।

 

कमेन्ट गर्नुहोस्