सडक भासिएपछि बालेनले भने- खोलामाथि घर र बाटो बनाउने होइन

Share:

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दरबारमार्ग र कमलादी जोड्ने सडकखण्डमा परेको खाल्डो टुकुचा खोलामाथिको रहेको बताएका छन् ।

महानगरपालिकाकै कार्यालय अगाडि परेको उक्त भ्वाङको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै मेयर बालेनले यस्तो बताएका हुन् ।

बिहीबार राति परेको ठूलो भ्वाङका कारण सवारी आवतजावत हुन सकेको छैन । उनले लेखेका छन्, ‘यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचामाथि रहेका छन् । काठमाडौं महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो ।’ ‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ ।’

मान्छेले आवश्यकताअनुसार खोलामाथि पुल बनाउनु पर्ने बताउँदै उनले खोलामाथि घर र बाटो बनाउन नहुने बताए ।

 

कमेन्ट गर्नुहोस्