आइएमई लाइफ इन्योरेन्सको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

Share:

काठमाडौं । आइएमई लाइफ इन्योरेन्सको अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम संगै सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले नेपालगंजमा करिव १३० जना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत कबि फुयालले बीमा जगतमा नै पृथक योजना सहित कम्पनीका अभिकर्ताहरुको क्षमता अभिवृद्धी गर्न र विभिन्न वित्तिय सुचकांकमा अघि रहन कम्पनी आक्रामक शैलीमा लागेको बताए ।

त्यसैगरि, कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेसाको महत्वका साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतिका विषयमा सरल एवं सहज टेक्निकहरु बताउँदै पेसागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए। उनले इमान्दारिताका साथ कार्य गर्दा यो पेसाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टिसहित कार्य गर्न सकिने बताए ।

कम्पनीका तालिम प्रमुख प्रशिक्षक सौरभ लोहनीले सहभागीलाई आत्मनिर्भर हुनलाई अभिकर्ता पेशा अत्यन्तै राम्रो रहेको बताए ।

कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख प्रेम तिमिल्सिनाले गरेका थिए भने संचालन नेपालगन्ज शाखाका एजेन्सी मेनेजर टिकाराम चौधरीले गरेका थिए । कार्यक्रममा नेपालगन्ज एरिया आसपासका क्षेत्रबाट उल्लेखनीय मात्रामा अभिकर्ताहरु साथै कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पानसमा बत्ति बालेर उद्घाटन गरेको सो कार्यक्रममा चिफ मार्केटिङ अफिसर गणेश चौलागाई , प्रदेश प्रमुख प्रेम तिमिल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्